images
images

प्रहरीको मनोबल उच्च राख्न नीति तथा योजना बनाउन लाग्नेछु - गृहमन्त्री रवि लामिछाने

प्रहरीको मनोबल उच्च राख्न नीति तथा योजना बनाउन लाग्नेछु - गृहमन्त्री रवि लामिछाने

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • प्रहरीको मनोबल उच्च राख्न नीति तथा योजना बनाउन लाग्नेछु - गृहमन्त्री रवि लामिछाने

    काठमाडौँ / उपप्रधान म एवं गृहमन्त्री रवि लामिछानेले चैत ४ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरिक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलनको उद्घाटन गरेका छन् । 

    images
    images

    उनले कर्तव्य पालनाको क्रममा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवाजनमा संवेदना प्रकट गर्दै विभिन्न घटनामा परी अंगभंग तथा घाईते भएका राष्ट्रसेवकहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेका थिए । 

    निरीक्षण भ्रमणको क्रममा उपप्रधान मन्त्री एवं गृहमन्त्री लामिछानेले विशेष परिस्थितिमा गठन भएको संगठनको सुरुवाती भूमिका कठोर र समय कष्टकर रहेको स्मरण पनि गरे । 

    सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट व्यावसायीकता प्रदर्शन गर्दै मुलुकको सर्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षासहित प्राप्त बिशिष्टिकृत जिम्मेवारीहरु निर्वाह गरी थप परिस्कृत हुँदै जाने विश्वास व्यक्त गरे । 

    संगठनको भौतिक र प्राविधिक स्तरोन्नतीसहित जनशक्तिको मनोवल उच्च राख्न सरकारको गच्छे अनुसारको नीति तथा योजना बनाउन र कार्यक्रम तय गर्न प्रतिवद्धता व्यक्त गर्दै संगठनका राष्ट्रसेवकहरुले सिमित श्रोतसाधन र सेवा सुविधा तथा अनेकौ समस्याका बीच पनि कर्तव्यलाई शिरमा राखेर गरेको राष्ट्रसेवाको उच्च प्रशंसा गरे । 

    उनले संगठन पूर्ण व्यावसायीक बन्दा सम्पूर्ण सदस्यहरुको बृत्तिविकास स्वतः हुन्छ, संगठन पूर्ण व्यावसायीक बनाउन प्राथमिक ध्यान संगठन सदृढीकरण र व्यावसायीकता विकासमा जानुपर्छ भन्दै समान अवसर हुने गरी ऐन नियमहरु समयसापेक्ष संशोधन, बर्तमान समस्याको निराकरण, दिर्घकालिन समाधानको बाटो पहिल्याँदै योजनाहरु तय गर्नुपर्ने बताए । 

    उपप्रधान मन्त्री एवं गृहमन्त्री लामिछानेले सिमितताका बीच सशस्त्र प्रहरी बललाई मुलुकको आवश्यकता र नागरिकको अपेक्षा अनुसारको सुरक्षा संगठनको रुपमा थप सुदृढ गर्दै देशको क्षमतालाई ध्यानमा राखेर जनशक्तिसँगै क्षमता अभिबृद्धि, भौतिक संरचना निर्माण र बिस्तार, उच्चतम् प्रविधिको प्रयोग, संरचनात्मक र कानूनी सुधारका पक्षमा सामूहिक प्रयासको खाँचो समेत औल्याए । 

    उनले संयुक्त राष्ट्रसंघको साझा छातामुनि रहेर समेत कार्यसम्पादन गर्ने यस संगठनलाई अन्तर्राष्ट्रिय परिदृष्य र मापदण्ड अनुसार बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै  नेपालको खुल्ला सीमाको सुरक्षामा सीमा पोष्टहरु बनाउने, थप बिओपीहरुको स्थापना र मौजुदा बिओपीहरुको स्तरबृद्धि गर्ने, समग्रमा संगठनलाई प्रविधिमैत्री र चलाएमान बनाउनेतर्फ प्रयास केन्द्रित रहने  बताए ।

    उनले कानूनले निर्दिष्ट गरेका कार्य गर्न आदेश पर्खनु नपर्ने, कार्य सम्पादन पश्चात प्रतिवेदन पेश गरे पुग्ने, गैर व्यावसायीक आचरण कुनै पनि हालतमा क्षम्य नहुने, कार्य क्षमता मूल्यांकनको आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण हुने, संगठनको अनुशासन उलंघन हुने गतिविधिमा संलग्नलाई निर्मम व्यवहार गरिने समेत बताए । 

    कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सरकारले दिएको जिम्मेवारीलाई नयाँ ढंगले अगाडी बढाउँदै लैजाँनुपर्ने उल्लेख गर्नुहुँदै उपलब्ध श्रोतसाधनको अधिकतम प्रयोग गर्दै आफ्नो जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गरी देश र नागरिकप्रति सशस्त्र प्रहरी बल नेपालले देखाएको प्रतिवद्धता, समर्पणभाव र पेशाप्रतिको ईमान्दारिताको मुक्तकण्ठले प्रशंसा गरे । 

    व्यक्तिगत समस्याहरुलाई थाती राखी विपद् जोखिममा परेका जनताको सुरक्षामा मात्र नभई सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणमा समेत अहम भूमिका निर्वाह गर्दै आईरहेको बताउनुहुँदै संगठन तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको समस्याहरुलाई समाधान गर्न आफु लगायत सम्बद्ध निकायहरु सदैव सकारात्मक रहेको समेत बताए । 

    गृहसचिव अर्यालले Any Time, Any Task, Any Where भन्ने सशस्त्र प्रहरी बल नेपालको मुल मन्त्रलाई आत्मसाथ गर्दै सोही अनुरुपमा जिम्मेवारी पुरा गर्दै आईरहेको बताउदै संगठनको लक्ष्य प्राप्तीको लागि एउटा आधारस्तम्भ मनन् गरी कार्यक्षेत्रमा खटिदा संगठनको नीति र सरकारको अपेक्षा बमोजिम कार्य गर्न अधिकृत तथा जवानहरुलाई निर्देशन  दिए । 

    उनले संगठनमा सुचना संकलनको  लागि प्रविधिको उच्चतम ढंगले प्रयोग गर्नुपर्ने बताउनुहुँदै बरिष्ठ अधिकृत सम्मेलनबाट आएको निचोड तथा अपेक्षाकृत कार्यहरुको लागि नेपाल सरकार तथा गृहमन्त्रालय सदैव सकारात्मक रहने बताए ।  

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा आवद्ध रहुन्जेल अनुशासन, कर्तव्यनिष्ठ भई सन्तुष्टि र गौरवकासाथ कार्यक्षेत्रमा खटिनु पर्ने बताउनुहुँदै म होईन हामी, स्वार्थ होईन समर्पण भन्ने भावना विकास गर्नको लागि काउन्सिलिङ्ग लगायत कार्यक्रम समेत संचालन गर्दै आएको  बताए ।

    उनले संगठनको आन्तरिक प्रशासनलाई प्रणालीगत सुधार गर्दै लैजाने योजनाकासाथ पूर्वानुमान कमाण्ड, सरुवा तथा बढुवा, युएन मिशन, तालिम, कल्याणकारी योजनालाई जवाफदेही, पारदर्शी र न्यायसंगत रुपमा अगाडी बढाउँदै लगिएको बताएका छन् । 

    महानिरीक्षक अर्यालले सीमा सुरक्षा सशस्त्र प्रहरी बल नेपालको पहिलो प्राथमिकतामा रहेको हुँदा न्युनतम श्रोतसाधनको वावजुद पनि आम जनमासले सुरक्षाको अनुभूति गर्ने गरी नागरिकको सेवा, सुरक्षा र उद्धारमा लागिरहने प्रतिवद्धता व्यक्त  गरे ।

    निरीक्षण भ्रमणकाक्रममा माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधान कार्यालयस्थित Border Resource and Research Center को अवलोकन गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विविध गतिविधिहरुको समेत प्रस्तुतीकरण मार्फत जानकारी लिएका थिए । 

    कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र  प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार