images
images

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

    काठमाडौँ / पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो ।

    images
    images

    सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    चिनयाँ सुन तस्करसँग संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सिआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । 

    पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।

    सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् । 

    जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार