images
images

सुन तस्करीमा हाइप्रोफाइलको कनेक्सन : पूर्वसभामुख, एआइजीदेखि होटल मालिकसम्म

सुन तस्करीमा हाइप्रोफाइलको कनेक्सन : पूर्वसभामुख, एआइजीदेखि होटल मालिकसम्म

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • सुन तस्करीमा हाइप्रोफाइलको कनेक्सन : पूर्वसभामुख, एआइजीदेखि होटल मालिकसम्म

    काठमाडौँ / सुनको अवैध तस्करी (पैठारी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले हाइ प्रोफाइलदेखि प्रहरी कर्मचारीलाईसमेत दोषी ठहर गरेको छ । आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदनले उनीहरूलाई कारवाहीका लागि सिफारिस गरेको हो । 

    images
    images

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको छ । आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो ।

    प्रतिवेदन अनुसार सुन तस्करी प्रकरणमा महरासँगै, ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र सल्लाहकार जीवन कुमार गुरूङ दोषी ठहर भएका हुन् । 

    त्यस्तै, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउनेका साथै होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन आयोगको सिफारिस छ । 

    यसैगरी, सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरे, सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाललाई सुन तस्करी प्रकरणमा आयोगले दोषी ठहर गरेको छ । 

    आयोगका प्रतिवेदन अनुसार सिआइबीको छानबिनबाट उन्मुक्ति पाएका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष महरा सुन तस्करीमा दोषी देखिएका छन् । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । यही प्रकरणमा महराका छोरा राहुल भन्ने रेशम प्रहरी हिरासतमा पुगेका थिए । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । 

    भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने माग हुँदै गरिदै आएको थियो ।

    त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार गुरुङको सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उठबस भएको प्रतिवेदनले जनाएको छ । 

    गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत भेटिएको प्रतिवेदनमा उल्लेख छ । 

    भन्सारले अनुसन्धान गरेर उनीविरुद्ध रायसहितको प्रतिवेदन अदालतमा बुझाएको थियो । गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको थियो । 

    गत मङ्सीर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लगाएको थियो । 

    घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको थियो । उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

    पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । 
    भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो ।  ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन् ।  

    मीनसँगको टेलिफोन सम्पर्कका आधारमा जीवनको संलग्नता पत्ता लागेको थियो । सुरुमा गुरुङले उक्त मोबाइल नम्बर आफ्नो नभएको दावी गरेको थियो । 

    तर, भन्सार विभागले फोन नम्बर पुष्टि गर्न उपराष्ट्रपति कार्यालयमा पत्राचार गरेपछि नम्बर प्रमाणित भएको थियो । जीवनले मीनसँग सामान्य चिनजान मात्र रहेको र दोहोरी साँझमा गइरहने भएकाले भेट भएको बयान दिएका थिए । 
    यसैगरी आयोगले व्यवसायी भण्डारीलाई पनि सो प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ । 

    आयोगले उनीसँग माघ २५ गते सिंहदरबारमा पनि बयान लिएको थियो । सिआइबीले अनुसन्धानका क्रममा जोगिएका उननको कनेक्सन ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग देखिएको छ । 

    छिरिङसँग पटक पटक कुराकानी गरेको फेला परेपछि छानबिनमा तानिएका उनले ठुलो रकम लेनदेन गरेको र चिनियाँ तस्करीबारे कुराकानी गरेको तथ्य भेटिएको थियो । यद्यपि, उनको यो गतिविधिलाई भने ब्युरोले गम्भीरतापूर्वक नलिएको आयोगको भनाइ छ । 

    भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर समेत गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिए पनि अख्तियार उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

    प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भण्डारी विध ल्याबका सञ्चालक हुन् ।

    त्यस्तै, आयोगले सुन प्रकरणका अर्का आरोपी जीवन चलाउनेलाई पनि  सुन तस्करी प्रकरणमा दोषी ठहर गरेको छ । उनलाई ब्युरोमा उपस्थित गराइएको भए पनि त्यत्तिकै छोडिएको थियो । चलाउनेले दावा छिरिङसँग सुन कारोबारको विषयमा कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमासमेत देखिएको थियो । सिआइबीको डीएफएल रिपोर्टमा संलग्न पत्रमासमेत छिरिङले उनीसँग सुन ल्याउने चिनियाँ समूसँग बिजेनस गर्ने प्रस्ताव गरेको विवरणमा उल्लेख छ । छिरिङले चलाउनेको ह्वाट्स एपमा “यो महिना ८० किलो” भनेर पठाएको म्यासेजमा चलाउनेले “दाइ, अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नु” भन्ने जवाफ फर्काएकोसमेत पाइएको छ । 

    सो घटनामा आयोगले एसपी सञ्जयसिंह थापा र डिएपी रुगम कुँवरलाई जिम्मेवार मानेको छ । प्रतिवेदन अनुसार आयोगले एआइजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक ९एसपी० सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक ९डीएसपी०द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ । 

    त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोप उनीहरूमाथि छ ।

    यसैगरी, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी सुबु केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको छ ।

    सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

    दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण छ । तर, सीआईबीले त्यसतर्फ गम्भीर अनुसन्धान नगरेको आयोगको भनाइ छ । 

    सो प्रकरणमा सिआइबीको कमजोरी रहेको आयोगले ठहर गरेपछि आइजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने सरकारको तयारी छ । शुक्रबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई पदबाट हटाउने निर्णय गर्ने भएको हो । यससँगै सिआइबीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई पठाउने सरकारको तयारी छ । 
    आयोगले तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको हो । 

    उपसचिव श्रीधर टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदमा कार्यरत छन् । मुक्ति श्रेष्ठ भन्सार विभागको निर्देशक हुन् ।

    पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले बिहीबार प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका थिए । 

    गत असोज १५ गते गठित आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी जाँचबुझ, २०८० गठन गरेको थियो। आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार