images
images

पूर्व गृहमन्त्री श्रेष्ठले सुन तस्करहरूलाई बचाउन भूमिका खेलेको अजयबाबुको आरोप

पूर्व गृहमन्त्री श्रेष्ठले सुन तस्करहरूलाई बचाउन भूमिका खेलेको अजयबाबुको आरोप

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • पूर्व गृहमन्त्री श्रेष्ठले सुन तस्करहरूलाई बचाउन भूमिका खेलेको अजयबाबुको आरोप

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले तत्कालीन गृहमन्त्री (हाल परराष्ट्रमन्त्री) नारायणकाजी श्रेष्ठले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको रहस्य खुलेको बताएका छन् । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले अहिले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई तत्कालीन गृहमन्त्री श्रेष्ठले जोगाउन खोजेको उनले बताएका हुन् । 

    images
    images

    “संस्थागत सुन तस्करी प्रकरणको छानविन गर्न पूर्व न्यायाधिश डिल्लीराज आचार्यको नेतृत्वमा गठित छानविन समितिले गृह मन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनपछि यो प्रकरणमा कसरी मुख्य पात्र र तिनका संरक्षकहरुलाई बचाउन खेल भएको रहेछ भन्ने उजागर भएको छ,” उनले लेखेका छन् ।  

    सिआइबी प्रमुख किरण बज्राचार्यलाई अनुसन्धानमा कम्प्रोमाइज गर्न कसैले दवाव दिएको वा उनी आफैँले मोलाहिजा राखेी हुन् भन्ने कुरा खुल्दे जानेसमेत उनको भनाइ छ । 

    उनले अगाडि लेखेका छन्, “मिडिया रिपोर्टहरूमा उल्लेख भए अनुसार सुन तस्करी प्रकरणमा अनुसन्धानमा लापर्वाही गर्ने सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कार्वाहीको सिफारिस भएबाट समेत उनलाई अनुसन्धानमा कम्प्रोमाइज गर्न ककस्ले दवाव दिएका थिए वा उनी आफैले मोलाहिजा राखेकी थिइन खुल्दै जाला।”

    तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नालाई बचाउन भूमिका निर्वाह गरेको उनको जिकिर छ । 

    “श्रेष्ठले चलाएको गृह प्रशासनले आफ्नालाई काखा र अरुलाई पाखा गर्दा सुन तस्करीको आरोपित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको परिवारलाई उन्मुक्ती दिइएको, पूर्व सभामुख कृष्ण बहादुर महरालाई सामान्य सोधपुछ पछि उन्मुक्ती दिइएको, सुन तस्करीमा आरोपित अर्थमन्त्री बर्षमान पुनलाई अनुसन्धानको दायरामै ल्याइएन” उनले लेखेका छन्, “बरु सिआइबीको नियन्त्रणमा आएका सुन तस्करीका बिचौलिया जीवन चलाउनेको बयान च्यातेर, प्रमाण नष्ट गराएर नयाँ बयान दिन लगाइ फरार गराइयो।” 

    चलाउनेले नाम लिएका भनिएका पूर्व आइजीपी तथा एमाले नेता सर्वेन्द्र खनाललाई अनुसन्धानमै उन्मुक्ती दिलाउन समेत नारायणकाजीको शंकास्पद भूमिका देखिएको उनले बताएका छन्। 

    “नयाँ गठवन्धन बन्दा समेत नारायणकाजी गृहमै बस्न मरिहत्ते गरिरहेको पछाडीको गुह्य कारण भने अपराधमा संलग्न आफ्नालाई बचाउने र अपराधको सफेद सिन्डिकेट चलाउन रहेछ भन्ने पनि यिनै पछिल्ला घटनाक्रमले पुष्टी गरेको छ,” उनको दावी छ। 

    आफ्नाहरु एकपछि अर्को सुन तस्करीमा जोडिदै गर्दा प्रधानमन्त्री प्रचण्ड नयाँ गठवन्धन बनाउन लाग्नु र नयाँ गठवन्धन बनाउन जिम्मेवारी पाएका तथा सुन तस्करीमा नाम जोडिएका बर्षमान पुनलाई अर्थमन्त्रालयमा ल्याउनु संयोग नभएको समेत शिवाकोटीले बताएका छन् । 

    “सुन तस्करीमा संलग्न कतिपय अहिले पनि भन्सारको हिरासतमा छन् भने एकजना आरोपित बर्षमान पुन भन्सार विभाग कार्यक्षेत्र रहेको अर्थ मन्त्रालयको नेतृत्वमा छन्,” उनले लेखेका छन्, “सहजै अनुमान गर्न सकिन्छ यो अवस्थामा भन्सार विभागले कस्तो अनुसन्धान गर्ला र कार्वाही होला ? प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्नुको पृष्ठभुमी कतै सुन तस्करीमा संलग्नहरुलाई अनुसन्धान र कार्वाहीको दायराबाट बचाउनकै लागि त थिएन भन्ने कुरालाई आचार्य नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा आएका मिडिया रिपोर्टहरुले संकेत गरेका छन्।” 

     वर्तमान गृह नेतृत्वले पुरानै नेतृत्वको बाटो पछ्याउँछ कि नयाँ ढङ्गले अघि बढ्छ भन्ने कुरा हेर्न बाँकी रहेको बताउँदै उनले लेखेका छन्, “हेरौँ यी सबै घटनाक्रममा वर्तमान गृह नेतृत्वले पुरानै नेतृत्वको बाटो पछ्याउँछ कि नयाँ ढङ्गले अघि बढ्छ ? कि सहकारी प्रकरणमा आफ्नो हिसाव मिलाउन प्रधानमन्त्री प्रचण्डसँग सौदावाजी गर्छ ? नयाँ सरकार सुन तस्करी, सहकारी ठगी लगायतका प्रकरणहरू मिलाउनैका लागि बनेको रूपमा बुझ्ने अवस्था नआओस्। जनता हेरिरहेकाछन्।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार