images
images

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका सल्लाहकार तथा प्लाटिनम कलेजका सञ्चालक गुरुङ दोषी ठहर

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका सल्लाहकार तथा प्लाटिनम कलेजका सञ्चालक गुरुङ दोषी ठहर

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका सल्लाहकार तथा प्लाटिनम कलेजका सञ्चालक गुरुङ दोषी ठहर

    काठमाडौँ / पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन कुमार गुरुङको सुन तस्करी प्रकरणमा दोषी ठहर भएका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा ६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित आयोगले भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उठबस भएका उनलाई दोषी ठहर गरेको हो । 

    images
    images

    आयोगले गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत भेटिएको जनाएको छ । 

    उनीविरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ। आयोगले महरालाईसमेत सुन तस्करीमा मुद्दा चलाउन सिफारिस गरेको छ । 

    गुरुङलाई विमानस्थल भन्सारको सिफारिसमा सिआइबीले १४ फागुनमा पक्राउ गरेको थियो ।  भन्सारले अनुसन्धान गरेर उनीविरुद्ध रायसहितको प्रतिवेदन अदालतमा बुझाएको थियो । 

     

    गत मङ्सीर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लगाएको थियो । 


    घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको थियो । उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

    पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । 

    भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो ।  ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन् ।  
    मीनसँगको टेलिफोन सम्पर्कका आधारमा जीवनको संलग्नता पत्ता लागेको थियो । सुरुमा गुरुङले उक्त मोबाइल नम्बर आफ्नो नभएको दावी गरेको थियो । 

    तर, भन्सार विभागले फोन नम्बर पुष्टि गर्न उपराष्ट्रपति कार्यालयमा पत्राचार गरेपछि नम्बर प्रमाणित भएको थियो । जीवनले मीनसँग सामान्य चिनजान मात्र रहेको र दोहोरी साँझमा गइरहने भएकाले भेट भएको बयान दिएका थिए । 

    जीवनले मीनसँग सामान्य चिनजान मात्र रहेको र दोहोरी साँझमा गइरहने भएकाले भेट भएको बयान दिएका छन्। तर, जीवन सुन तस्करको गिरोहसँग प्रत्यक्ष संलग्न रहेको र त्यही धन्दा चलाउन उपराष्ट्रपतिसँगको पहुँचको दुरूपयोग गरी राज्यसंयन्त्रलाई समेत प्रभावित पारेको अनुन्धानको निष्कर्ष छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार