images
images

सुन तस्करी प्रकरण : व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन आयोगको सिफारिस

सुन तस्करी प्रकरण : व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन आयोगको सिफारिस

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • सुन तस्करी प्रकरण : व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन आयोगको सिफारिस

    काठमाडौँ / सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले व्यवसायी भीमकान्त भण्डारीलाई कारवाही गर्न सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा ६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित आयोगले व्यवसायी भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको हो । 

    images
    images

    उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । सिआइबीले अनुसन्धानका क्रममा उनलाई जोगाएको आयोगको बुझाइ रहेकोसमेत बताइएको छ । 

    ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।

    उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरूबारे कुराकानी गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आयोगको निष्कर्ष छ ।

    भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर समेत गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिए पनि अख्तियार उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

    प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भण्डारी विध ल्याबका सञ्चालक हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार