images
images

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको प्रदान गर्ने

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको प्रदान गर्ने

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको प्रदान गर्ने

    काठमाडौँ / एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी  सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।  

    images
    images

    यो प्रयासले नेपाल र भारतबिच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुबै कम्पनीको विश्वास छ । 

    उक्त समझदारी पत्रमा एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो ।

    नेपाल–भारत रेमिटेन्स सेवामा आफ्नो अग्र्नी अनुभवको श्रेय लिएको एभरेस्ट बैंकले यस रणनीतिक साझेदारीले दुइदेश बिच को भुक्तानीलाई थप सहज बनाउदै जाने आशा बैंकले व्यक्त गरेको छ । 

    यस सम्झौताले विशेष गरि, हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू, र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पुर्याउने बैंकले जनाएको हो । 

    एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्युआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ, जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पेप एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी आफ्नो करोबर को भुक्तनी गर्न सक्दछन्। यस सक्रिय दृष्टिकोणले बैंकले नवीन समाधानहरू अँगाल्ने र सीमानामा थप वित्तीय समावेशीता बढाउने प्रतिबद्धतालाई जोड दिन्छ।

    एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीचको सहकार्यले डिजिटल पेमेन्ट परिदृश्यलाई बृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ, जसले व्यक्ति र व्यवसायहरूलाई परिष्कृत सुविधा र पहुँचका साथ समान रूपमा सशक्त बनाउन तयार छ।

    स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ए्।टि।एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्ए.म्ए.स् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार