काठमाडौँ / काठमाडौँ महानगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालनमा रहेका तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई १५ दिन दर्ता गर्न निर्देशन दिएको छ ।
यस अवधिमा दर्ता भई सोको विवरण काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागमा पेस गर्न व्यवसायीलाई आग्रह गरिएको हो ।