images
images

सानेपामा पत्रकार सम्मेलन गर्दै डा. महतले भने, मैले गर्दा अर्थतन्त्र लयमा फर्किरहेको छ

सानेपामा पत्रकार सम्मेलन गर्दै डा. महतले भने, मैले गर्दा अर्थतन्त्र लयमा फर्किरहेको छ

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • सानेपामा  पत्रकार सम्मेलन गर्दै डा. महतले भने, मैले गर्दा अर्थतन्त्र लयमा फर्किरहेको छ
    images
    images

    काठमाडौं / निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् । 

    आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी आफ्नो कार्यसम्पादन मिडियामार्फत जानकारी गराएका थिए । अर्थतन्त्रका सूचकहरु नकारात्मक रहेको समयमा उनी अर्थमन्त्री बनेका थिए । दलहरुको नयाँ समिकरण बन्नासाथ सरकारमा रहेको कांग्रेस प्रतिपक्षमा बस्नुपरेको थियो ।

    नेपाली कांग्रेसका प्रवक्ता समेत निवर्तमान अर्थमन्त्री महतको पछिल्लो कार्यकालमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख हुँदै  थियो । तर, एक्कासी रातारात बदलिएको दलहरुको गठबन्धनका कारण उनको अर्थमन्त्री पद खुस्केको थियो ।  अर्थतन्त्र सुधार गर्न आफूले मेहनत गरेको पत्रकार सम्मेलनमा उनले प्रष्ट्याउन खोजे । 

    “मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, उनले भने, मेहनतका साथ लयमा ल्याएका थियौँ ।’ 

    नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट  हुने तथ्य देखाउँदै डा। महतले अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित पारेको समेत बताए । 

    डा महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए । 

    “कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको उनको तर्क थियो । 

    अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको जस आफूलाई दिदै भने, गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढेको छ । 

    डा महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गर्दै राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताए ।  उनले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको उल्लेख गरे । 

    उनले आगामी वैशाखमा हुने लागानी सम्मेलनमा धेरै लागानीकर्ता लगानी गर्न तयार रहेको बताउँदै उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको दाबी गरे । 

    पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, रु तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेका थियौँ भन्दै डा महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको उल्लेख गरे । 

    अर्को एक फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस तत्कालीन सत्तागठबन्धनकै पक्षमा रहेको र कांग्रेसको महासमिति बैठकले पनि सोही गठबन्धनलाई निरन्तरता दिने नै निर्णय गरेको प्रतिक्रिया दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार