images
images

सूर्य नेपाल च्यालेन्ज सुरु, पहिलो दिन भेट्रान प्रो रामे मगर शीर्षस्थानमा

सूर्य नेपाल च्यालेन्ज सुरु, पहिलो दिन भेट्रान प्रो रामे मगर शीर्षस्थानमा

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • सूर्य नेपाल च्यालेन्ज सुरु, पहिलो दिन भेट्रान प्रो रामे मगर शीर्षस्थानमा
    images
    images

    काठमाडौँ / सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३–अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन।

    रामेले एमेच्योर युवा गल्फर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६६ सहित सदभाव आचार्य दोस्रो स्थानमा रहदा १–अन्डर ६७ सहित भुवन नगरकोटी र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहे। इभन–पार ६८ खेलेका टंक बहादुर कार्की पाँचौं र १–ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन।

    २–ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्य प्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। यसैगरी पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरण विक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३–ओभर ७१ को नतिजामा संयुक्तरुपमा १०औं स्थान बाँडे।

    लामो समयपछि शीषस्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे। उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक–एक सट बचाउँदा ६–अन्डरको स्थितिमा पुगिसकेका थिए। तर ४–पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ मा सकाए।

    राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइनमा ३–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। छैंटौं होलको बोगी विरूद्ध चार बर्डी प्रहार गरे। उनले पहिलो, दोस्रो, सातौं र आठौं होलमा एक(एक सट बचाए। ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे। ११औं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १२औं, १४औं, १५औं र १७औं होलमा एक–एक सट खेर फाल्दा ब्याक नाइन १–ओभर ३५ मा पुरा गर्न बाध्य भए।

    सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौ होलको बर्डीको सहायताले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। यसपछि १०औं होलमा एक सट बचाए भने १३औं र १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे।

    धनले सुरूवात राम्रो गर्न सकेनन। दोस्रो, पाँचौ र सातौं होलमा बोगी खेप्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए। ब्याक नाइनमा भने लय समाते। १०औं, ११औं, १३औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १७औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३१ मा पुरा गरे।

    चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।

    कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन।यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार