अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण १५ जनाको मृत्यु भएको छ ।
निजी सञ्चार माध्यम टोलोन्युजले जनाए अनुसार ूविगत तीन दिनदेखि देशका विभिन्न प्रान्तहरूमा परेको भारी हिमपातको कारण १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
बल्ख र फर्याब प्रान्तले तयार पारेको तथ्याङ्कले मानवीय क्षतिबाहेक हालैको हिमपातका कारण करिब १० हजार पशुपक्षी मरेको पनि उल्लेख गरेको छ ।
अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ । भारी हिमपात र वर्षाबाट जनधनको क्षति भइरहेको छ ।