काठमाडौं / इसेवाले फेरि 'मेरो यात्राको साथी' नामक अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ।
इसेवामा रहेको यात्रासम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ।
'मेरो यात्राको साथी २' नाम दिइएको उक्त अफरमार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाई जहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाइजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ।
यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप २ लाख रूपैयाँ प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।
यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि कम्पनीले ल्याएको छ। आन्तरिक हवाइजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७ हजारसम्मको फुल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन्।
साथै, यस अफरअन्तर्गत तीन वा बढी आन्तरिक हवाइजहाजको टिकट बुक गर्दा सबैले तीन सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
जसका लागि प्रोमो कोडमा 'यात्रा ३००' प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इसेवामार्फत् होटल बुक गर्दा प्रोमो कोडमा 'होटल २००' प्रयोग गरी सबैले २०० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ।
प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेजमार्फत् घोषणा गरिनेछ।
साथै प्रोमो कोडमा 'यात्रा ५०' प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले 'यात्रा १००' प्रोमो कोडको प्रयोगमा १०० रूपैयाँ क्यास्ब्याक पाउन सक्नेछन्।
यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म १ हजार ५०० रूपैयाँसम्म क्यास्ब्याक (५% को दरले) प्राप्त गर्न सकिनेछ। यो अफर फागुन १३ गतेदेखि चैत १३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।
यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको छ।
सेवाग्राहीले क्यासब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ।
हाल इसेवाका देशभर करिब २ लाख ३० हजारभन्दा बढी संख्यामा एजेन्ट सञ्जाल रहेको छ।