images
images

तेस्रो संस्करणको बिग सिजी डे, आठ सय भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यासब्याक

तेस्रो संस्करणको बिग सिजी डे, आठ सय भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यासब्याक

शनिवार, फागुन १२ २०८०
शनिवार, फागुन १२ २०८०
  • तेस्रो संस्करणको बिग सिजी डे, आठ सय भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यासब्याक

    चौधरी ग्रुप अन्तर्गत  सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल बिग सिजी डे आज बाट सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा शनिबार  मध्यरातदेखि सुरु भएको हो ।

    यस वर्षको बिग सिजी डे विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने सिजी डिजिटलले आश्वासन दिएको छ ।

    बिग सिजी डे को मुख्य हाइलाइटहरु ८ सय बढी  सामानहरूमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्तिशतसम्मको मेगा भउचर, २४ हजार रुपैयाँसम्म क्यास ब्याक, डेल्ली  गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को सामान निःशुल्क  किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट  रहेको कम्पनीले जानकारी दिएको छ ।

    बैङ्क छुटको सन्दर्भमा, बिग सिजी डेमा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत २० प्रतिशत अधिकतम  २  हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत २५ प्रतिशत अधिकतम  २५  सय  रुपैयाँ बचत गर्न सक्नेछन् ।

    नबिल बैङ्कका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्नेछन् ।  यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन् । 

    तसर्थ, ग्राहकहरूलाई बिग सिजी डे सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न कम्पनीको आग्रह छ । 

    बिग सिजी डे को पहिलो दिन शनिबार को दिन दिउसो ४ बजे कम्पनीले आफ्नो सोसल मिडियामार्फत लाइभ सो गरेको छ। 

    सलोन बस्नेत लगायत विभिन्न चर्चित कलाकारहरूसँगको कुराकानी गरेको छ भने बिभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

    बिग सिजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Black + Decker, Crompton, Elica, Sensei), सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्, सिजी एजुकेसन, सिजी हस्पिटालिटी, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार