images
images

टेलिकमले देशका ३४ विमानस्थलहरूमा फ्रि वाइफाइ इन्टरनेट सेवा दिने, प्राधिकरणसँग व्यवस्थापन गर्ने

टेलिकमले देशका ३४ विमानस्थलहरूमा फ्रि वाइफाइ इन्टरनेट सेवा दिने, प्राधिकरणसँग व्यवस्थापन गर्ने

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • टेलिकमले देशका ३४ विमानस्थलहरूमा फ्रि वाइफाइ इन्टरनेट सेवा दिने, प्राधिकरणसँग व्यवस्थापन गर्ने
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच आज (शुक्रबार) सहमति भएको छ । 

    सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणकोतर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । 

    सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रूपमा फ्रि वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ । 

    त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।1.jpgफ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । त्यसैगरी यात्रुहरूलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । 

    यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ । 

    यसबाट यात्रुहरूले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार