images
images

एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ६६ रुपैयाँसम्म पाउने

एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ६६ रुपैयाँसम्म पाउने

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • images
    images
    एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ६६ रुपैयाँसम्म पाउने
    images
    images

    काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) अर्थात एलआइसी नेपालले गत आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० फागुन १० गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनसदर घोषणा गरेको हो।

    कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनस पाउनेछन् ।

    त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस तोकिएको छ । कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

    त्यसैगरी, धन वृष्टि बीमा योजनामा प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ । धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

    त्यस्तै बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् भने जीवन तरंग बीमा योजनामा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बोनस कायम गरिएको छ ।  

    कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसैगरी जीवन बचतमा बीमितले प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

    कम्पनीले जीवन लाभ बीमा योजनामा प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । लघु सावधिक बीमा योजनामा सबै अवधिका बीमालेखमा प्रतिहजार ४१ रुपैयाँ बोनस दिने भएको छ । 

    कम्पनीले सार्वजनिक गरेको यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभएसम्मको लागि कायम रहने जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार