images
images

कसरी सम्भव भयो त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति ?

कसरी सम्भव भयो त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति ?

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • कसरी सम्भव भयो त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति ?

    काठमाडौँ /  त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गरे । 

    images
    images

    उनले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिए ।

    खुला प्रतिस्धर्पाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए । सोहीअनुसार नै नियुक्त प्रक्रिया अगाडि बढेको थियो । 

    त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । 

    दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रधानमन्त्री दाहालले सोहीअनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गरेका थिए ।

    छलफलका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाइएको थियो ।

    सिफारिस समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहाल समक्ष चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

    कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२) अनुसार आज प्रा डा केशरजङ्ग बराललाई उपकुलपतिमा नियुक्त गरेका छन् । 

    प्रधानमन्त्री दाहालले तीन जनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए÷नभएको बारेमा अध्ययन गरेका थिए । 

    त्यसलगत्तै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गर्नुभएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार