images
images

भवन बनाउने बजेट फ्रिज भएपछि श्रेष्ठले दिए बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा दान

भवन बनाउने बजेट फ्रिज भएपछि श्रेष्ठले दिए बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा दान

बिहिवार, फागुन १० २०८०
बिहिवार, फागुन १० २०८०
  • भवन बनाउने बजेट फ्रिज भएपछि श्रेष्ठले दिए बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा दान
    तनहुँ / बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । 
     
    मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । 
     
    अहिलेको चलनचल्तीको मूल्य रु. एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । 
     
    बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गर्नुभएको उनले बताए । 
     
    “जग्गा प्राप्तसंगै आर्कषण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छौ,” उनले भनृ “भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।”  
     
    गाउँपालिकाभित्रका सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरुप आफूले खुशी मनले जग्गादान गरेको जग्गादाता श्रेष्ठले बताए । 
     
    गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु. ७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलव्ध गराएको स्पष्ट गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार