images
images

हिमालयन बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नगद संकलन काउन्टर संचालनमा, क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिन

हिमालयन बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नगद संकलन काउन्टर संचालनमा, क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिन

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • हिमालयन बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नगद संकलन काउन्टर संचालनमा, क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिन

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा फागुुन ९ गतेदेखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । 

    images
    images

    अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । बैँकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ । 

    सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । बैँकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ  । 

    नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैँकका तर्फबाट बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । सो समारोहमा बैँक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार