images
images

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस, हेर्नुस् तस्बिरहरू

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस, हेर्नुस् तस्बिरहरू

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस, हेर्नुस् तस्बिरहरू

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसैबीच आज सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो।

    images
    images

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

    राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै, कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।

    हेर्नुहोस् तस्बिरमा प्रजातन्त्र दिवस

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार