images
images

आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री डा महत

आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री डा महत

शनिवार, फागुन ५ २०८०
शनिवार, फागुन ५ २०८०
  • आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री डा महत

    काठमाडौँ / अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् । 

    images
    images

    बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे । 


    “मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो । तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ”, उनले भने, “आर्थिक रुपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रुपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।”

    मन्त्री डा महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टीगर्न आवश्यक रहेको बताए । 

    ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा महतको भनाइ थियो । 

    प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए । 

    गोष्ठीमा कृषि मूल्य शृङ्खला विज्ञ डा बद्री बस्ताकोटीले मुलुकको निर्वाहमुखी कृषि प्रणालीलाई फलदायी बनाउन सिँचाइको पर्याप्तता, कृषिको व्यावसायीकरण, लगानीमा सुनिश्चितता आवश्यक रहेको औँल्याए । 

    “विगतको तुलनामा कृषि क्षेत्रमा अधिकतम सुधार भएको छ तर अपेक्षाअनुरुपको हुनसकेको छैन । कृषिको प्रसार गर्न जरुरी छ । कृषि प्रणालीलाई फलदायी बनाउन तीनै तहका सरकारले कृषि बजेटको नीतिगत सुनिश्चितता गर्न आवश्यक छ”, उनले भने । 

    नेपाल किसान सङ्घका पूर्वअध्यक्ष डा भानुभक्त सिग्देलले बिपीले देखाएको समाजवादको आधारशीला कृषि र किसानबाट खोज्नुपर्ने भन्दै  दिँदै कृषिमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । 

    कृषिमा रुपान्तरण गर्न कृषि दशक घोषणा गरी अघि बढ्न आवश्यक रहेको उनले औँल्याए । 

    नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन बाह्य मुलुकसँग कूटनीतिक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए । 

    उनले हिलस्टेशन प्रभावकारीरूपमा सञ्चालन गर्न सकेमा पर्यटकीय क्षेत्रमा मुलुकले ठूलो उपलब्धि हासिल गर्न सकिने जिकिर गरे । 

    साथै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । 


    प्रतिष्ठानले सञ्चालन गरेको दुई दिने गोष्ठीमा शुक्रबार ऊर्जा, सुशासन विषयमा छलफल गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार