काठमाडौँ / बिहीबार स्थानीय बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदी महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा कुनै घटबढ भएको छैन । यो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार हुनेछ ।
यता, चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ७५ रुपैयाँ पर्नेछ ।