images
images

माओवादी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ : पार्टी तल्लो बर्गसँग टाढियो

माओवादी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ : पार्टी तल्लो बर्गसँग टाढियो

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • माओवादी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ : पार्टी तल्लो बर्गसँग टाढियो

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन् । 

    images
    images

     नेताहरुले पाछर्टी तल्लो वर्गसँग को सम्बन्धबाछट टाढिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पार्टी सरकारमा रहेका बेला जनतासँग अझै राम्रो सम्बन्ध विस्तार गर्न नसकेको  गुनासो ब्यक्त गरेका थिए । 

    माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । 

    उक्त समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ । 

    बैठकमा प्रदेशका ‘इञ्चाजर्’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएको पार्टीका सचिव गणेश साहले बताए । 

    बैठकमा कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इञ्चार्ज लिलामणि पोखरेल, बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले ‘जनतासँग माओवादी विशेष अभियान’ का सन्दर्भमा ‘रिपोर्टिङ’ गरेका थिए । 

    यसैगरी कर्णाली प्रदेशका इञ्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इञ्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इञ्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इञ्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराएको थियो । 

    बैठकमा लेखा आयोगका संयोजक पेशल खतिवडा, अनुशासन आयोगका अध्यक्ष टङ्क राईले पनि आफ्नो धारणा  राखेका थिए । 

    रिपोर्टिङका क्रममा उनीहरुले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए । 

    पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उनीहरुको कथन थियो । 

    प्रदेशका इञ्चार्जको रिपोर्टिङ सकिएकाले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो धारणा प्रस्तुत गर्नेछन् । 

    बैठकमा  ‘जनतासँग माओवादी विशेष अभियान’ मा प्राप्त सुझावका बारेमा रिपोर्टिङ गर्ने क्रम सुरु भएको र बैठक पुनः सोमबार पनि बस्ने सचिव साहले जानकारी दिए । 

    बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।
     
    माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । 

    सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार