images
images

सूचना प्रविधिसम्बन्धि मेला ‘क्यान इन्फोटेक’को आज दोस्रो दिन, हेर्नुस् तस्बिरमा

सूचना प्रविधिसम्बन्धि मेला ‘क्यान इन्फोटेक’को आज दोस्रो दिन, हेर्नुस् तस्बिरमा

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • सूचना प्रविधिसम्बन्धि मेला ‘क्यान इन्फोटेक’को आज दोस्रो दिन, हेर्नुस् तस्बिरमा

    काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आज (बिहीबार)देखि २९ औँ संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित मेलाको उद्घाटन सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले गरेकी हुन् । कार्यक्रमको उद्घाट्नको क्रममा उनले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताइन् । 

    images
    images

    सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताउँदै उनले जिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिनेसमेत बताइन्।

    सूचना प्रविधिको विकासबाटै समृद्धि हासिल गर्न सकिनेसमेत मन्त्री शर्माको जिकिर छ। सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी मुलुकको अर्थतन्त्र सबल बनाउन र यसबाट बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिने उनको दावी छ । 

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले मेला सुरु गरेको क्यान महासंघले जनाएको छ।

    नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यान इन्फोटेक मुलुककै ठूलो प्रदर्शनीका रूपमा स्थापित भएको महासंघले जनाएको छ। मेलामा जानका लागि ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।

    सो प्रदर्शनी सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास महासंघले लिएको जनाएको छ।

    मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने आयोजकले दाबी गरेका छन्। प्रदर्शनीमा राखिने नवीनतम् प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएको महासंघले जनाएको छ।

    सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेको थियो। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । राजधानीमा माघ २५ देखि ५ दिनसम्म देशकै ठूलो सूचना प्रविधि समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार