images
images

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली
    images
    images

    झापा / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् । 

    झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को आज एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताए ।

    “ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उनले भने । 

    मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि उनले आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गरे ।

    अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताए । नेपालमा जलविद्युत् मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने भन्दै उनले सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नुपर्ने बताए ।

    कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिए । परियोजनास्थललाई पुष्प बगैँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उनले बताए । 

    झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो । पूर्वसभामुख स्व सुभाषचन्द्र नेम्वाङले दुई वर्षअघि परियोजनाको शिलान्यास गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सवस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।

    झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित झापा इनर्जी प्रालिबाट उत्पादित दश मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रशारण लाइनमा गत पुस ११ गतेदेखि जोडिएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजनाको सौर्य प्यानल राखिएको छ ।

    झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य साँवाको नेतृत्वमा रु ८७ करोडको लगानीमा चार वर्षअघि परियोजना निर्माण सुरु भएको हो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ । 

    झापा इनर्जी प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।
    –––

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार