images
images

सुस्मिता क्षेत्री हत्या प्रकरणः बिमाको ३८ लाख रकम हत्याउन हत्या, उच्च अदालतको फैसला प्रभावित पार्न खोज्दै पिडक !

सुस्मिता क्षेत्री हत्या प्रकरणः बिमाको ३८ लाख रकम हत्याउन हत्या, उच्च अदालतको फैसला प्रभावित पार्न खोज्दै पिडक !

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • सुस्मिता क्षेत्री हत्या प्रकरणः  बिमाको ३८ लाख रकम हत्याउन हत्या, उच्च अदालतको फैसला प्रभावित पार्न खोज्दै पिडक !

    काठमाडौं/  हेटौंडा उपमहानगरपालिका ४ कर्रा सूर्य चोकस्थित आफ्नै घरमा २०७७ साल असार १ गते राति हत्या भएकी सुस्मिता क्षेत्रीबारे नयाँ रहस्यहरु खुल्दै आएको छ । आफ्नै ससुराबाट पटक पटक यौन शोषणमा समेत पर्दै आएकी सुस्मिताको हत्याको रहस्यहरु अझै अरु कारणहरु खुल्दै आएको छ ।

    images
    images

    पति वियोगमा रहेकी क्षेत्रीको हत्या तत्कालिन समय ठूलो विमा रकम हत्याउन बुहारीकै हत्या हुन गएको देखिन्छ । अहिले उक्त विषयको फैसला प्रभावित पार्न पीडक परिवारका केही मानिसहरु निरन्तर लागि रहेको हत्या भएकी सुस्मिताको परिवारको आरोप छ । 

    उनको हत्यामा संलग्न रहेको भन्दै ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा, जेठी नन्द दुर्गा थापा कार्की र अरुण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 
    २०७६ वैशाख १८ गते सुस्मिताले प्रकाशका छोरा रूपेन्द्र थापासँग बिवाह गरेकी थिईन् । 

    बिबाह भएको ६ महिनापछि अर्थात असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो ।

    रुपेन्द्रको निधनपछि सुस्मिता आफ्नै ससुरा प्रकाश थापाबाट यौन हिंसामा परेकी समेत अदालतको ठहर छ । आफ्नै ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । 

    आफ्ना ससुरा र घरपरिवारले दिएको शारीरिक मानसिक र यौनजन्य दुर्व्यवहारका बारेमा सुस्मिताले बनाएर राखेको नोट प्रहरीले फेला पारेको थियो । 

    बिमाको रकम हत्याउन  बुहारीको हत्याः 

    सुस्मिताको मृत्यु आर्थिक कारणले भएको पीपडत परिवारको ठहर छ । सुस्मिताका बाबुआमाले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पक्रकार सम्मेलन गर्दै उनीहरुले सुस्मिताका श्रीमान मृतक रूपेन्द्रले एक ईन्स्योरेन्स कम्पनीमा १० लाखको विमा गरेको र उनले काम गरेको कम्पनी क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी विषयमा पारिवारिक विवाद हुँदा उनको हत्या भएको उनीहरुको निश्कर्ष छ ।  

    श्रीमानको मृत्युपछि सुस्मिताको अधिकार भएको रकमसमेत त्यो बेला नदिएर ईन्स्योरेन्स कम्पनी र क्लोजर सिस्टम इन्टरनेसनलले पीडित बनाएको उनीहरुको दाबी छ । 


    जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्नता पुष्टि भएको ठहर गर्दै ससुरा प्रकाश थापा, नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा कार्की र अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मिताकी सासु तुलसा थापालाई भने १० वर्ष कैद सजाय सुनाएको थियो । 
    उच्च अदालत हेटौडा इजलासको फैसलाले अहिले मुख्य योजनाकार भनिएका दुर्गा र अरुणलाई सफाइ दिएको सुस्मिताका ठूलोबुबा हेमबहादुर खड्काले बताए । फैसला प्रभावित पार्नका लागि पीडक परिवारका केही मानिसहरु निरन्तर लागि रहेको उनको दाबी छ । आफूहरुमाथि जिल्ला अदालत मकवानपुरको प्राङ्गणमै आक्रमण भएको समेत उनले बताए । 

     श्रीमतीले पाउनु पर्ने अधिकार अहिलेसम्म बञ्चित 

    ‘सुस्मिताको श्रीमानको मृत्यु भएपछि श्रीमतीले पाउनु पर्ने अधिकार अहिलेसम्म बञ्चित नै छ । नौं महिना उनले पाइनन् । ज्वाईँले काम गरेको क्लोजर सिस्टम इन्टरनेसनल भएको पैसा विभिन्न दवाब भएर अहिलेसम्म आएको छैन । सुस्मिताले साइन गरेकी छन् । 

    सुस्मितालाई उनको परिवारले थितेर हत्या गरे । उनी जिउँदै छदा पनि यो अधिकारबाट बञ्चित गराइयो,’– सुस्मिताका बुबाले भने । 
    मृतक सुस्मिताकी आमा गंगा केसीले आफूले अब सुस्मितालाई पाउन नसके पनि अब कसैका छोरीहरु नमारिउन् भनेर न्यायका लडाइ लडिरहेको बताईन् । यसरी मारिएका छोरीहरुको हत्यारालाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरिन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार