images
images

रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, ६ महिनामा कतिले लिए श्रम स्वीकृति ?

रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, ६ महिनामा कतिले लिए श्रम स्वीकृति ?

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, ६ महिनामा कतिले लिए श्रम स्वीकृति ?

    काठमाडौँ / चालू आर्थिक बर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको हो । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । 

    समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार