images
images

६ महिनामा खाद्यान्न आयात २० प्रतिशतले घट्यो, कुन वस्तुको आयात कति ?

६ महिनामा खाद्यान्न आयात २० प्रतिशतले घट्यो, कुन वस्तुको आयात कति ?

चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा २२ अर्ब २३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। गत आर्थिक बर्ष २०७९/८० मा २७ अर्ब ९२ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको थियो ।

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • ६ महिनामा खाद्यान्न आयात २० प्रतिशतले घट्यो, कुन वस्तुको आयात कति ?

    काठमाडौँ / नेपालले आयात गर्ने खाद्यान्नको परिमाण घटेको छ। चालु आर्थिक बर्ष २०८०/८१ मा नेपालले आयात गर्ने खाद्यान्नको परिमाण गत आर्थिक बर्षको तुलनामा २० प्रतिशतले घटेको हो । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा २२ अर्ब २३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। गत आर्थिक बर्ष २०७९/८० मा २७ अर्ब ९२ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको थियो । 

    विभागको तथयाङ्क अनुसार चालस आर्थिक बर्षको ६ महिनामा एक लाख ८८ हजार टन धान–चामल आयात भएको छ । गत आर्थिक बर्षको सोही अवधीमा ४ लाख २३ हजार टन धान चामल आयात भएको थियो । मूल्यमा हेर्दा चालु आ.व.मा१० अर्ब १४ करोडको मात्रै धानचामल आयात भएको छ। जबकि गत वर्ष यही अवधिमा १८ अर्ब ६३ करोड रुपैयाँको धानचामल आयात भएको थियो। 

    भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धका कारण चामल आयात घटेको विभागको तथ्यांकले देखाएको छ। यता, नेपाल सरकारले यस बर्ष धान रोपाईको क्षेत्रफले घटेपनि उत्पादन बढेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर, यस बर्ष नै बजारमा चामलको भाउ भने गत वर्षको तुलनामा बढेको छ।

    यस्तै, विदेशबाट ल्याइने कृषि वस्तुको आयात भने १४ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले एक खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा एक खर्ब ५० अर्बको कृषिजन्य वस्तु आयात गरेको थियो । ६ महिनामा खासगरी खाद्यान्न, चिनी, पाम र भटमासको कच्चा तेल जस्ता वस्तुको आयात घटेको हो । 

    यता, फलफूल, तरकारी, चियाकफी, पेयपदार्थको आयात भने बढेको तथ्याङ्क छ । पुस मसान्तसम्म नेपालले १७ अर्ब ५० करोड रुपैयाँ बराबरको को तरकारी आयात गरेको छ। यो गत वर्षको सोहि अवधिका तुलनामा यो २.७ प्रतिशत धेरै हो। त्यसैगरी, ६ महिनामा १० अर्ब ७३ करोड रुपैयाँ बराबरकोको फलफूल र काजुबदाम आयात भएको छ जुन गत वर्षको यही अवधिका तुलनामा २८ प्रतिशत धेरै हो।

    विभागको अनुसार यस वर्ष पाम तथा भटमासको कच्चा तेलको आयात र निर्यात दुवै खस्किएको छ। नेपालको आयात र निर्यात हुने वस्तुको प्रमुख सूचीमा कच्चा तेल रहँदै आएका थिए। यस वर्ष नेपालले १४ अर्ब २२ करोड रुपैयाँको मात्रै भटमास र पाम तेल आयात गरेको छ। गत वर्षको यही अवधिमा भटमास र पाम तेलको आयात करीब ५२ अर्ब रुपैयाँको हाराहारीमा थियो।

    विभागका अनुसार यस वर्षको पुससम्म नेपालले सबै प्रकारका तेल तथा पशुजन्य बोसोको आयातमा २५ अर्ब ३५ करोड रुपैयाँ खर्चिएको छ। जुन गत वर्षको यही अवधिमा ५२ अर्ब ११ करोड रुपैयाँ हाराहारीमा थियो। नेपालले तेस्रो देशबाट आयात गरी सामान्य प्याकेजिङ मार्फत भारतमा यी वस्तुको निर्यात गर्दै आएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार