images
images

पुससम्म ३ लाख ४३ हजार नेपाली रोजगारीका लागि विदेशिए, युएई बन्यो पहिलो गन्तव्य

पुससम्म ३ लाख ४३ हजार नेपाली रोजगारीका लागि विदेशिए, युएई बन्यो पहिलो गन्तव्य

युएई, साउदी, कतार र मलेसिया नेपालीहरू रोजगारीका लागि पुग्ने प्रमुख मुलुकहरू हुन् ।

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • पुससम्म ३ लाख ४३ हजार नेपाली रोजगारीका लागि विदेशिए, युएई बन्यो पहिलो गन्तव्य

    काठमाडौँ / स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा बाहिरिने नेपालको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो दुई महिनामा मात्रै १ लाख ३७ हजार जनशक्ति बाहिरिएका हुन् । 

    images
    images

    चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ ।

    तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । 

    विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । 

    उनले भने, “पुसमा ६५ हजार ८ सय १३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।”

    पुसमा ३४ हजार ४ सय १५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने मङ्सिर महिनामा यो सङ्ख्या ३६ हजार ८० जना रहेका थिए । मङ्सिरमा ७१ हजार २ सय ७६ जना विदेशिएका थिए । 

    यसैगरी साउन महिनामा साउन महिना ३९ हजार १ सय ५२ जना, भदौमा ३५ हजार ३ सय ३ जना, असोजमा ३८ हजार ९ सय ४२ जना र कार्तिकमा २४ हजार ७८ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । 

    त्यस्तै, तथ्याङ्क अनुसार साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५ जना र कार्तिकमा ४३ हजार ६ सय २२ जना नेपालीले विदेश जानका लागि स्वीकृति लिएका छन् । 

    data.JPG

    युएईमा नेपालीको आकर्षण बढ्दो 

    चालु आवको ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य-मुलुक युएई बनेको छ । पुससम्म युएईलाई पहिलो गन्तव्य मुलुक बनाएर जाने नेपालीको सङ्ख्या १ लाख २८ हजार ८२ रहेको छ । त्यस्तै, ५४ हजार ५ सय ८६ जनाले युएईका लागि नयाँ श्रम स्वीकृति लिएका छन् । ४८ हजार २ सय ९६ जनाले पुनः श्रम स्वीकृति लिएर युएई पुगेका छन् । केही वर्ष बसेपछि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा रोजगार स्थानान्तरण तथा पलायन हुने उद्देश्यले पनि युएई पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ । 

    एसियाली र अफ्रिकी नागरिकहरूका युएई लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य पनि मानिन्छ । पुस महिनामा मात्रै युएईका लागि १ हजार ५ सय ९४ जना महिला र ८ हजार ४ सय ५२ जना पुरुषले नयाँ श्रम स्वीकृति लिएका छन् । सोही अवधिमा जम्मा २ हजार ५ सय २५ जना महिला र १६ हजार ३ सय ८५ जना पुरुष युएई गएको विभागको तथ्याङ्क छ । 

    नेपाली आप्रवासीले काम र बस्नका लागि रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई पनि एक भएको सूचना अधिकारी उप्रेती बताउँछन् ।

    तथ्याङ्क अनुसार अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक रहेको छ। युएईमा सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको यहाँ ठुलो माग हुने गरेको छ।

    अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशहरूमध्ये एक हो । यहाँको आर्थिक गतिविधि निकै तीब्र रूपमा विकास भइरहेको छ । सरकारले दक्ष जनशक्तिलाई प्राथमिकता दिए पनि अधिकांश नेपाली सिपविहीन अवस्थामा विदेश पुग्ने गरेका छन् । 

    यदी, नेपालीहरूले तालिम लिई दक्षता हासिल गरेर, आधिकारिक माध्यमबाट युएई जाने हो भने यसबाट राम्रो लाभ लिन सकिन्छ । भिजिट भिसामा युएई गएर काम गरेर बस्ने नेपालीको सङ्ख्या पनि उल्लेख्य रहेको बताइन्छ । यसरी जाने नेपालीहरूको सङ्ख्या भने तथ्याङ्कमा उल्लेख छैन । 

    वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित युएई गएर बस्ने र त्यही व्यवसाय सञ्चालन गर्ने नेपालीहरू पनि छन् । गत आर्थिक २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिई १ लाख १६ हजार १ सय ५९ जना युएई पुगेका थिए । 

    जसमध्ये श्रम स्वीकृति लिनेमा २४ हजार महिला र ९२ हजार ६८ जना पुरुष रहेका छन्। युएईमा एक अवधि काम गरेर स्वदेश फर्किएकाहरू राम्रो अवसर भएकाले पुनः युएई फर्किने गरेका छन् । 

    युएईपछि वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । कतारमा पुससम्म ६९ हजार ३२ जना नेपाली रोजगारीका लागि पुगेका छन् । त्यस्तै, सोही अवधिमा ६६ हजार २ सय ९६ जना नेपाली साउदी अरब गएका छन् भने ४८ हजार ७ सय ६४ जना मलेसिया गएका छन् । युएई, साउदी, कतार र मलेसिया नेपालीहरू रोजगारीका लागि पुग्ने प्रमुख मुलुकहरू हुन् ।

    वैदेशिक रोजगारका लागि मधेश प्रदेशबाट सबैभन्दा बढी नेपालीहरू बाहिरिएका छन् । पुस महिनामा धनुषा जिल्लाबाट मात्रै ३४ हजार ४३ जना विदेशिएका छन् । त्यस्तै, झापाबाट ३१ हजार ४१ जना, मोरङ जिल्लाबाट २८ हजार २५ जना र सिराहा जिल्लाबाट २६ हजार ५६ जना विदेशिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार