images
images

सुजल फुड्सको उत्पादन ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

सुजल फुड्सको उत्पादन ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • सुजल फुड्सको उत्पादन ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

    काठमाडौँ / सुजल फुड्सले आफ्नो उत्पादन ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफन मा चकलेटले भरिएको क्रिस्पि, क्रन्ची वेफर ४ तहहरु छन् । त्यसमाथी भ्यानिला स्ट्राइप्सको स्वाद रहेको कम्पनीले जनाएको छ ।

    आकर्षक चम्किलो रातो र सुनौलो रङमा आएको चोकोफन बिगफन अब नयाँ प्याकेजिङ आकर्षित रहेको कम्पनीले जनाएको छ । 

    स्वाद र नयाँ प्याकेजिङले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्नेछ । नयाँ प्याकमा बिगफनको लोगोलाई अझै प्रस्ट र आकर्षक रुपमा देखाएको छ । चोकोफन बिगफन १५ ग्राम मात्र १० रुपैयाँमा जार र प्याकेटमा उपलब्ध छ ।


    चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रबर्धन ‘हृयाप्पी न्यू इयर प्याक टु यू’ भन्ने नाराका साथ बजारमा ल्याएको हो । 

    सुजल फुड्सले विगत ५० वर्षदेखि बबलगम, ललिपप, टफी, क्यान्डीलगायत बिक्रि वितरण गर्दै आएको छ । 

    कम्पनीको लोकप्रिय ब्राण्डमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्यान्डीम्यान, फ्रेसडेन्टलगायत छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार