काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् ।
२०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमकाबीच दिपक राज गिरी, दिपाश्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार-प्रसार, विभिन्न क्रियाकलापहरूमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरूको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपक राज गिरी र दिपाश्री निरौलाले आईएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।