images
images

‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनीको आज दोस्रो दिन, कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास

‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनीको आज दोस्रो दिन, कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास

शनिवार, माघ १३ २०८०
शनिवार, माघ १३ २०८०
  • ‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनीको आज दोस्रो दिन, कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास

    काठमाडौँ / कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले आयोजित कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रिटेक’ काठमाडौको भुकृटीमण्डपमा चलिरहेको छ।

    images
    images

    मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनी हिजो शुक्रबारदेखि सुरु भएको हो।

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरुका सयभन्दा बढी स्टलहरू रहेका छन्। विशेषगरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ। यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी यसपटक काठमाडौँमा गरिएको हो।

    देशभरका किसानहरूलाई कृषिबारे जानकारी गराउने उद्देश्यसहित मेला काठमाडौँमा गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए। 

    मेलाबाट किसानहरूले नयाँ प्रविधिको बारेमा जानकारी पाउनेछन्। कृषि तथा पशुपन्छी विकास मन्त्री  बेदुराम भुसालले हिजो शुक्रबार प्रदर्शनीको उद्घाटन गरेका हुन् । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रिय सङ्घ लि. प्रदर्शनीका प्रवर्द्धक रहेका छन् । 

    प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। 

    उक्त प्रर्दशनीमा देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ । 

    साथै, यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी विज्ञहरूद्वारा शनिबार सेमिनारको समेत आयोजना हुने भएको छ । 

    देशभरीबाट आएका कृषकहरूलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत सम्पन्न गरेको छ । 
     
    निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु‍र्याउन यो प्रदर्शनी कोशे ढुङ्गा सावित हुने आयोजकको भनाइ छ । 

    उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार