काठमाडौँ / विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी टिसिएल इलेक्ट्रोनिक्सले सिइएस २०२४ मा ४० भन्दा बढी प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको छ। विभिन्न प्रकारका उत्पादनहरूका लागि कम्पनीले उक्त पुरस्कारहरू प्राप्त गरेको हो।
टिसिएलको उपलब्धिको प्रमुख कुरा ११५ इन्च क्यूएम८९१जी क्यूडी–मिनी एलइडी टिभी रह्यो, जसलाई २०२३–२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोह (जिटिबी) मा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को साथ आफ्नो नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ।
एशिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टिसिएलको प्रख्याततालाई चिन्हित गर्यो।
उच्चस्तरीय टिभी, टिसिएलको स्मार्टफोन, NXTPAPER 3.0 डिस्प्ले टेक्नोलोजी सहितको ट्याब्लेट, RayNeo X2 Lite AR Glasses, लाइट एआर ग्लासेस र क्यू क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा गरिएको थियो ।
कम्पनीले ‘२०२३–२०२४ ग्लोबल सीई ब्रान्ड्स टप १०, २०२३–२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १०, र २०२३–२०२४ ग्लोबल सीई ब्रान्ड्स टप ५०’ को रूपमा चर्चा पनि हासिल गरेको छ।
सिइएस २०२४ इनोभेसन अवार्ड ‘मोवाइल डिभाइसेज, एसोसेरिज ७ एप्स’ कोटीमा टिसिएलको ४० NXTPAPER स्मार्टफोनलाई प्रदान गरिएको थियो, जुन उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै मानव आँखाका लागि अप्टिमाइज गरिएको संसारको पहिलो स्मार्टफोनको रूपमा मान्यता प्राप्त गर्यो।
यसबाहेक, टिसिएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट धेरै ‘बूट अफ सिइएस २०२४’ अवार्डहरू प्राप्त गर्यो, जसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काएको छ।
TCL को X955 र C755 TV शृङ्खलाको भिजुअल अनुभवको लागि TÜV Rheinland र C2024 मा 27R83U/34R83Q प्रोफेशनल मनिटर शृङ्खलाको प्यानटोन भ्यालिडेटेड रिकग्नाइजेसन का लागि प्रमाणपत्रहरू मार्फत सम्मानित गरिएको छ।
विश्वव्यापी रूपमा १६० भन्दा बढी बजारहरूमा सञ्चालन गर्दै, टिसिएल इलेक्ट्रोनिक्सले विकास र प्रयोगकर्ता सशक्तिकरणलाई बढावा दिँदै एक अग्रणी बौद्धिक प्रविधि कम्पनीको रूपमा आफ्नो मार्गक्रम जारी राखेको छ।