images
images

भ्रष्टाचार मुद्दामा मुछिएका पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

भ्रष्टाचार मुद्दामा मुछिएका पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • भ्रष्टाचार मुद्दामा मुछिएका पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    काठमाडौँ / विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको  छ ।
     
    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । 
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभए पनि पौडेलद्वयका अधिवक्ताले हिरासतभन्दा बाहिर रहेक मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए । 
     
    सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो । अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
     
    त्यस्तै, गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब रु ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार