images
images

चिनी प्रतिकिलो पाँच रुपैयाँले घट्दा ५० रुपैयाँ सस्तियो जिरा, खाद्यान्नको खुद्रा बजार मूल्य कति छ ?

चिनी प्रतिकिलो पाँच रुपैयाँले घट्दा ५० रुपैयाँ सस्तियो जिरा, खाद्यान्नको खुद्रा बजार मूल्य कति छ ?

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • चिनी प्रतिकिलो पाँच रुपैयाँले घट्दा ५० रुपैयाँ सस्तियो जिरा, खाद्यान्नको खुद्रा बजार मूल्य कति छ ?

    काठमाडौँ माघ महिनामा चिनी र जिराको भाउ केही घटेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार पुस १५ गतेको तुलनामा चिनीको भाउ प्रतिकेजी पाँच रुपैयाँ र जिराको भाउ ५० रुपैयाँले घटेको हो । पुस १५ गतेको मूल्यसूची अनुसार बजारमा चिनी प्रतिकेजी १०५ रुपैयाँ रहेकोमा अहिले घटेर १ सय रुपैयाँमा झरेको हो । त्यस्तै, प्रतिकेजी १ हजार ५० रुपैयाँ रहेको जिराको भाउ १ हजार रुपैयाँ कायम भएको छ । 

    यसैगरी माघ महिनामा त्रिशुलीको पोखरेली चामल प्रतिकिलो १०५ रुपैयाँ, स्टिम जिरा मसिना चामल ९५ रुपैयाँ, लङ्ग्रेन वासमति चामल १७५ रुपैयाँ, चाइतिन चिउरा प्रतिकेजी १६० रुपैयाँ, तराई चाइचिन चिउरा एक सय रुपैयाँ, मासको दाल प्रतिकेजी २२० रुपैयाँ, मुंग खोस्ता दाल १८० रुपैयाँ र मुसुर दाल १६५ रुपैयाँ पर्नेछ । 

    त्यस्तै, मुग गेडा दाल प्रतिकेजी १६० रुपैयाँ, मुंग छाटा दाल १८० रुपैयाँ, रहर दाल ३२० रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १६० रुपैयाँ, काँचो तोरीको तेल ३१० रुपैयाँ, सनफ्लावर र भटमासको तेल २ सय रुपैयाँ, डाल्डा घ्यू प्रतिलिटर २०५ रुपैयाँ तोकिएको छ । 

    यसैगरी नेपाली घ्यू प्रतिकिलो १४ सय रुपैयाँ, खोर्सानी पाउडर प्रतिकिलो ५५० रुपैयाँ, जिरा पाउडर १२५० रुपैयाँ, धनिया पाउडर ४ सय रुपैयाँ, बेसार पाउडर ३५० रुपैयाँ, सेतो भटमास २४५ रुपैयाँ, कालो भटमास, राजमा र काचो बदाम प्रतिकेजी २५० रुपैयाँ पर्नेछ । 

    त्यस्तै, सानो चना प्रतिकेजी १२० रुपैयाँ, हरियो केराउ १७० रुपैयाँ, सानो केराउ रर मस्यौरा प्रतिकेजी २२५ रुपैयाँ, रिकी राजमा र सेतो सिमी प्रतिकेजी २२० रुपैयाँ, बोडी १५० रुपैयाँ, मस्याङ १४० रुपैयाँ, कैलो तिल ३६० रुपैयाँ, गहुँ र मकै प्रतिकेजी ६५ रुपैयाँ, कोदो प्रतिकेजी ८० रुपैयाँ, मैदा र आँटा प्रतिकेजी ७५ रुपैयाँ, सुजी प्रतिकेजी ११० रुपैयाँ, बेसन २०० रुपैयाँ, मेथी २१० रुपैयाँ, हरियो गेडा धनिया २७५ रुपैयाँ, ज्वाने ५ सय रुपैयाँ र मुरली मकैको भाउ प्रतिकेजी १७० रुपैयाँ तोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार