images
images

पुसमा मात्रै जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १२ अर्ब कुल बीमाशुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

पुसमा मात्रै जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १२ अर्ब कुल बीमाशुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • पुसमा मात्रै जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १२ अर्ब कुल बीमाशुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पुष महिनामा मात्रै सञ्चालनमा रहेको जीवन बीमा कम्पनीहरूले करिब साढे १२ अर्ब रुपैयाँ बरारबर कुल बीमाशुल्क आर्जन गरेका छन् । 


    नेपाल बीमा प्रधिकराण्ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पुष महिनामा मात्रै सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरूले १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

    जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत दुई अर्ब ८४ करोड ३५ लाख र नवीकरण बीमाशुल्क बापत नौ अर्ब ६२ करोड ९९ लाख गरी १२ अर्ब २७ करोड ३५ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

    एक महिनाको अवधीमा सबैभन्दा धेर कुल बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले तीन अर्ब २६ करोड २३ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

    यस्तै, सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले एक महिनामा २३ करोड ३१ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

    यस्तै, एलआईसी नेपालले एक अर्ब ७० करोड ६१ लाख, नेशनल लाइफले एक अर्ब ४० करोड ५५ लाख र हिमालयन लाइफले एक अर्ब २९ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

    अन्य कुन कम्पनीले कति ? 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार