चर्चित समाचार
images
images

त्रिविको उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन, महिला २ जना मात्रै (नामसहित)

त्रिविको उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन, महिला २ जना मात्रै (नामसहित)

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • images
    images
    त्रिविको उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन, महिला २ जना मात्रै (नामसहित)
    images
    images

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारी सहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्तिम दिन सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्।

    images
    images

    जसमध्ये २ जनामात्रै महिला रहेका छन् भने बाँकी ४१ जना पुरुष रहेका छन् । उपलकुलपति बन्ने इच्छा व्यक्त गर्दै आवेदन दिनेहरुमा त्रिविका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजंग बराल छन् ।

    यसैगरी त्रिविको मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन कुसुम शाक्य, त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविका पूर्व रेक्टर गुणनिधि न्यौपाने, खुला विश्वविद्यालयका पूर्व कार्यवाहक उपकुलपति प्रा.डा. इन्द्र कार्की, त्रिविको इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेलले पनि निवेदन दिएका छन् ।

    यसैगरी प्रा.डा. टंकनाथ धमला, प्रा.डा. आनन्दबल्लभ जोशी, प्रा.डा. अक्कलजेभ मिश्र, प्रा.डा. ऋदिश कुमार पोखरेल, प्रा.डा. ज्ञानेन्द्र प्रसाद पौडेल, प्रा.डा. महेन्द्र चालिसे, प्रा.डा. भोजराज अर्याल, प्रा.डा. नारायण प्रसाद बेल्बासे, प्रा.डा. हेमराज शर्मा, प्रा.डा. वेदनाथ शर्मा, प्रा.डा. प्रकाश घिमिरे (काठमाडौं), प्रा.डा. प्रकाश घिमिरे (गोरखा)ले पनि आवदेन दिएका छन् ।

    प्रा.डा. केदारनाथ घिमिरे, प्रा.डा. महेन्द्रप्रसाद शर्मा, प्रा.डा. विनोद पराजुली, प्रा.डा. देवबहादुर खड्का, प्रा.डा. कृष्णराज तिवारी, प्रा.डा. गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, प्रा.डा. रामप्रसाद रेग्मी, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा.डा. एकराज ओझा र प्रा.डा. प्रमोद कुमार झाको पनि आवेदन परेको छ ।

    यसैगरी डा. रामचन्द्र बस्नेत, डा. विनय कुमार झा, डा. नारायण शुभ पाठक, नारायणप्रसाद पाठक, संगीता रायमाझी, सन्जय आचार्य, सूर्यबहादुर थापा, भिमसेन देवकोटा र बालमुकुन्द रेग्मीले पनि त्रिविको उपकुलपतिका लागि आवेदन दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार