images
images

दोस्रो त्रैमासमा १ अर्ब ९० करोडबढीले घट्यो एनआईसी एशिया बैङ्कको नाफा, प्रतिशतसेयर आम्दानी कति ?

दोस्रो त्रैमासमा १ अर्ब ९० करोडबढीले घट्यो एनआईसी एशिया बैङ्कको नाफा, प्रतिशतसेयर आम्दानी कति ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • दोस्रो त्रैमासमा १ अर्ब ९० करोडबढीले घट्यो एनआईसी एशिया बैङ्कको नाफा, प्रतिशतसेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / एनआईसी एशिया बैङ्क लिमिटेडको खुद नाफा चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको एनआईसी एशियाले समीक्षा अवधिमा भने १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको हो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा यस बैङ्कको नाफा ४१.८४ प्रतिशतले घटेको हो । 

    बैङ्कले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा अर्थात ५४.९२ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तसम्म एनआईसी एशिया बैङ्कको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ६१ पैसा रहेकोमा समीक्षा अवधिमा घटेर २५ रुपैयाँ ५२ पैसामा सीमित भएको हो । 

    त्यस्तै, बैङ्कको खुद ब्याज आम्दानीसमेत घटेको छ । गत बर्षको ६ महिनामा ६ अर्ब १६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैङ्कले समीक्षा अवधिमा सो रकम १०.१३ प्रतिशतले घटाएर ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सीमित गरेको हो । 

    खुद फि तथा कमिशन आम्दानी भने १६.३५ प्रतिशतले बृद्धि गरी १ अर्ब २० करोड ९१ लाख रुपैयाँ पुर्याएको एनआइसी एशियाले कुल सञ्चालन आम्दानी भने बृद्धि गर्न सकेको छैन । गत आवको दोस्रो त्रैमासमा ७ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको बैङ्कले समीक्षा अवधिमा भने ४.९६ प्रतिशतले यस्तो आम्दानी घटाई ७ अर्ब १२ करोड ४६ लाख रुपैयाँमा झारेको छ । 

    खराब कर्जा बृद्धिसँगै बैङ्कको इम्पेरिमेन्ट चार्जसमेत बृद्धि भई ४८ करोड रुपैयाँ पुगेको छ । गत आवको तुलनामा समीक्षा अवधिमा बैङ्कको खराब कर्जा भने ०.९५ प्रतिशतले बढेको देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ०.६१ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिम बढेर १.१९ प्रतिशत पुगेको हो । 

    इम्पेरिमेन्ट चार्ज बृद्धि हुनु, खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा गिरावट आउनु लगायतका कारणले बैङ्कको नाफामा भारी गिरावट आएको देखिन्छ । समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी २९ प्रतिशतले बृद्धि भएको छ । गत असार मसान्तसम्म बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । 

    त्यस्तै, जगेडा कोषमा बैङ्कले १५ अर्ब ६७ करोड ८३ लाख सञ्चित गरेको छ । पुस मसान्तसम्म एनआईसी एशिया बैङ्कले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा, प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १ पैसा, बेस रेट ९.६८ र कस्ट अफ फण्ड ७.५३ प्रतिशत र सिडी रेसियो ७७.१८ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार