images
images

नेपालमा टिभिएस् एन्टर्कको एक लाख भन्दा बढी ग्राहक

नेपालमा टिभिएस् एन्टर्कको एक लाख भन्दा बढी ग्राहक

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • नेपालमा टिभिएस् एन्टर्कको एक लाख भन्दा बढी ग्राहक
    images
    images

    काठमाडौँ / नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ । 

    २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको कम्पनीले जनाएको हो । बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको कम्पनीले दाबी गरेको छ । 

    यस बारेमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, “हामीले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यति छोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।”

    टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय रहेको कम्पनीले जनाएको छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । 

    टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधीयुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

    स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ ।

    एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर  बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३ हजार ९९९ को मासिक किस्तामा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार