images
images

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति र ऋण कति छ ? [विवरणसहित]

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति र ऋण कति छ ? [विवरणसहित]

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति र ऋण कति छ ? [विवरणसहित]


    काठमाडौँ / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्रीमा नियुक्ति भएको सय दिन पुग्नु अघि कार्कीले आफूसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

    images
    images

    सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कट्टा १२ धुर जग्गा, बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी रहेको देखिन्छ । उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ । 

    उनकी श्रीमती बस्नेतकै नाममा विभिन्न बैङ्कमा ७ लाख ९४ हजार रुपैयाँ नगद रहेको छ र सो रकम तलब भत्ता, बचत र ब्याजबाट आम्दानी भएको भनिएको छ । उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ ।  विभिन्न ५२ वटा बैङ्क तथा वित्तीय संस्था तथा कम्पनीको सेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैङ्कको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । 

    मुख्यमन्त्री कार्कीको १ करोड ८ लाख २ हजार रुपैयाँ बराबरको ऋण भएको र ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । सम्पत्ति विवरण अनुसार ३ लाख १८ हजार रुपैयाँ पर्ने एक थान स्कुटर मात्रै उनीसँग रहेको छ । उक्त स्कुटर पनि उनको श्रीमतीको नाममा रहेको छ । 

    यसैगरी कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको इलामको रोङ गाउँपालिकास्थित ६ र ४ नम्बर वटामा पाँच ठाउँमा जग्गा रहेको छ । बैङ्क मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको सेयर पुँजी छ भने १० तोला सुन रहेको उल्लेख छ । 

    यस्तै, उनले अलैँची खेती तथा नर्सरी र बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालन गरिरहेको उल्लेख छ । भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ १, फालुलुङ २, झापाको दुवागडी मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको छ । 

    यसैगरी साढे ११ तोला सुन र १५ तोला चाँदी, १ लाख रुपैयाँ बैङ्क मौज्दात र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । साथै, दुहुना गाई १ वटा, हल गोरु १ र खसी १ वटा रहेको छ। उनले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको उल्लेख गरेका छन् ।  

    वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्टा ५ धुर तथा सुनसरीको इटहरी १० मा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् । यसैगरी उनीसँग १० तोला सुन र २० तोला चाँदी, विभिन्न बैङ्कमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ । 

    उनको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४५० कित्ता सेयर, होण्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर आफूसँग रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । उनले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार