images
images

६ महिनामा सवा २२ अर्ब प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण बढ्दै

६ महिनामा सवा २२ अर्ब प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण बढ्दै

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • ६ महिनामा सवा २२ अर्ब प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण बढ्दै

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    images
    images

    उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाको प्रतिबद्धता प्राप्त भएको छ । जसमा कुल २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँबराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

    पुसमा मात्र २७ प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ । यस अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा २८ प्रस्ताव आएका छन् । जसमा ४ अर्ब १ कराड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागको भनाइ छ । यस अवधिमा प्रविधि हस्तान्तरणका ३१ प्रस्ताव प्राप्त भएका छन् ।

    पर्यटनमा आकर्षण

    प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा पर्यटनमा आइरहेको पाइएको छ । ६ महिनामा आएका कुल प्रस्तावमध्ये १ सय ३ वटा पर्यटनमा छन् । यो ४५ प्रतिशत हो । सेवा क्षेत्रमा ८३ प्रस्ताव आएका छन् । यो ३७ प्रतिशत हो ।

    त्यस्तै निर्माणमा २३ प्रस्ताव आएका छन् । यो १० प्रतिशत हो । सूचना–प्रविधिमा ७ प्रस्ताव आएका छन् । यो ३ प्रतिशत हो । कृषि र पूर्वाधारमा ४र४ प्रस्ताव आएको विभागले जनाएको छ । यो वर्ष साउनको तुलनामा पुसमा सबैभन्दा धेरै प्रस्ताव प्राप्त भएको देखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार