हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति व्यक्तित्वहरु छन् जसका विभिन्न प्रेरक प्रसंगले मात्रै पनि तपाई हाम्रो जिन्दगीलाई खुराक मिल्छ । अघि बढ्ने प्ररणा दिन्छ । समय, आफन्त परिवार, साथीभाई बुझ्न साहस मिल्छ ।
जिन्दगीलाई सहि बाटोमा डोर्याउन मद्धत गर्दछ । चाहे ऐतिहासिक व्यक्तित्व चाणक्य हुन् पूर्विय सभ्यताका एक से एक दार्शनिक वा विश्वविख्यात अल्वर्ट आइन्स्टाइनदेखि थोमस एल्वा एडिसन वा ग्यालिलियो हुन् । उनीहरुका जिवनका प्रेरणात्मक कथाले पनि हामीलाई सुन्दर जिवन बनाउन प्रेरित गर्दछ । पढौं आज करिब १४ विश्व विख्यात दार्शनिकदेखि वैज्ञानिकसम्मका उत्कृष्ट वाणीहरु
१ या त तपाईले दिनलाई चलाउनुहुन्छ, या त दिनले तपाईलाई चलाउनेछ ।
— जिम रोन
२े केही पनि स्वत बन्दैनन्, त्यसलाई आफैले बनाउनुपर्छ ।
— जोन एफ केनेडी
३े संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ ।
— थोमस पेन
४ जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाईसँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन ।
— बेन्जामिन मेस
५ तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् ।
— वाइल्ड, ओस्कार
६े पहिले उनीहरूले तिमीलाई ध्यान दिनेछैनन्, त्यसपछी तिमीउपर हास्नेछन्, त्यसपछी तिमी बिरूद्ध लड्नेछन् र तिमीले जित्नेछौ ।
— महात्मा गान्धी
७े म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके ।
— माइकल जोर्डन
८ तिमी अरूको भावनासँग कहिल्यै नखेल्नु, यस खेलमा तिमीले जित्न त जितौला तर त्यहाँ कसैलाई जीवनभर गुमाउने जोखिम हुन्छ ।
–शेक्सपियर, विलियम
९ विश्वले दुःख भोग्नुको कारण खराब मानिसको आतंक नभइ असल मानिसको मौनता हो ।
— बोनापार्ट, नेपोलियन
१० म तिनीहरू प्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैले गर्न सक्षम भएको छु ।
–आइन्स्टाइन, अल्बर्ट
११ जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।
— लिंकन, अब्राहम
१२े जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छाँयाले पनि साथ छोडिदिन्छ ।
— हिटलर, एडोल्फ
१३ कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन ।
— चाणक्य
१४ धेरैजसो मानिसहरू मुर्दाको जस्तो जीवन बाँचिरहेका छन् । तर खुसीको कुरो हो कि यो कुरो उनीहरूलाई पत्तो समेत हुदैन ।
— इब्सन, हेनरिक