काठमाडौँ / ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मन्दिप लुइँटेल नियुक्त भएका छन्।
ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको सीईओ पदमा मन्दिप लुइँटेल नियुक्त भएका हुन् ।
कम्पनी सञ्चालक समितिले गत पुस २९ गते लुइँटेलसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो।
सप्तरीको राजविराजनिवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको प्रमुखका रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए।