images
images

मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानीमा सुधार, पाँच महिनामा भित्रियो तीन अर्ब ९२ करोड

मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानीमा सुधार, पाँच महिनामा भित्रियो तीन अर्ब ९२ करोड

लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानीमा सुधार, पाँच महिनामा भित्रियो तीन अर्ब ९२ करोड

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिनामा तीन अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यो गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा करिब साढे ३ अर्ब रुपैयाँले धेरै हो । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपैयाँ भित्रिएको थियो ।  

    images
    images

    यसरी हेर्ने हो भने मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको देखिन्छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । 

    चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड रुपैयाँले ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो । 

    यस्तै भदौ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब रुपैयाँले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक थियो । असोजमा तीन अर्ब ३७ करोड रुपैयाँले खुद प्रत्यक्ष वैदेशिक लगानी धनात्मक रहेकोमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ९६ लाख रुपैयाँले धनात्मक रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

    सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपैयाँ बनाएको छ । लगानीको सीमा घटेका कारण साना लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार