images
images

पेट्रोल, डिजल र मट्टितेलको  प्रतिलिटर एक रुपैयाँ मूल्य घट्यो

पेट्रोल, डिजल र मट्टितेलको  प्रतिलिटर एक रुपैयाँ मूल्य घट्यो

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • पेट्रोल, डिजल र मट्टितेलको  प्रतिलिटर एक रुपैयाँ मूल्य घट्यो
    काठमाडौँ/  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । 
     
    इन्डियन आयल कर्पोरेशनबाट  प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर  एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले हिजो राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो । 
     
    निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
     
    साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६५, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५५ कायम भएका भएको छ । 
     
    साथै काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६६, डिजल र मट्टितेल रु एक सय ५६ कायम भएको छ ।

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार