images
images

घलेम्दी हाइड्रोको दसौँ वार्षिक साधारण सभा सम्पन्न

घलेम्दी हाइड्रोको दसौँ वार्षिक साधारण सभा सम्पन्न

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • घलेम्दी हाइड्रोको दसौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं / घलेम्दी हाइड्रोको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा आज आइतबार काठमाडौंको नयाँबजारस्थित सासा बैंक्वेटमा साधारणसभा सम्पन्न भएको हो।

    images
    images

    सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यसैगरी सभाले लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षकको नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ।

    कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरी बाँडफाँडसमेत गरिसकेको छ। हकप्रद शेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ।आउने आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार