काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको हो ।
'यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ', राष्ट्र बैंकले उक्त सुचनामा भनेको छ ।