काठमाडौँ / आज पुष २९ गते आइतबार अर्थात साताको पहिलो कारोबारको दिन सुन–चाँदी दुर्वको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।
अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपौयामा कारोबार भएको छापावाल सुन आज आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ ।
यस्तै, शुक्रबार प्रतितोला एक लाख १८ हजार ५० रुपौयामा कारोबार भएको छापावाल सुन आज आइतबार प्रतितोला १ लाख १८ हजार ६५० सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
यता आव चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर एक हजार ४२० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।