images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?

राष्ट्र बैङ्कको तथ्याङ्क : नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?

पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको भने कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • राष्ट्र बैङ्कको तथ्याङ्क : नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक बर्षको ५ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक भएको उक्त तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । यसैगरी आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

    images
    images

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.६ प्रतिशतले र अमेरिकी डलरमा २४.५ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२१० अर्ब ५९ करोडले बचतमा रहेको छ ।  कुल विदेशी विनिमय सञ्चिति रु.१७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको तथ्याङ्कमा देखिएको छ  । 

    पाँच महिनामा नेपाल सरकारको खर्च रु.४५३ अर्ब र राजस्व परिचालन रु.३६३ अर्ब ४३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ । 

    वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.४ प्रतिशत, बैङक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.५ प्रतिशत रहेको केन्द्रीय बैङ्कको तथ्याङ्क छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार