images
images

पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो, घट्यो विदेशिने नेपालीको सङ्ख्या

पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो, घट्यो विदेशिने नेपालीको सङ्ख्या

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो, घट्यो विदेशिने नेपालीको सङ्ख्या

    काठमाडौँ / चालु आर्थिक बर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार यो रकम अघिल्लो बर्षको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले बढी हो । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

    मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेका छन् । अघिल्लो वर्षको पुस मसान्तमा २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए भने १ लाख १५ हजार ९४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

    त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार