images
images

कर्णाली प्रदेशमा हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु चुनौतीपूर्ण !

कर्णाली प्रदेशमा हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु चुनौतीपूर्ण !

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • कर्णाली प्रदेशमा हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु चुनौतीपूर्ण !
    images
    images

    काठमाडौँ / कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा छैनन् । केही ठूला र महत्वपूर्ण जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् । आर्थिक वर्ष २०७९/८० सम्म ११ वटा जलविद्युत आयोजनाबाट कुल १८.५४ मे.वा. विद्युत उत्पादन भएको छ । अन्य थुप्रै जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० अनुसार क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो तथा भौगोलिक रुपमा विकट भएकोले यहाँका हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु आफैमा चुनौतीपूर्ण रहेको देखाएको हो । 

    नेपाल विद्युत प्राधिकरणको जेनेरेशन म्यागाजिन १५ औ अंक आर्थिक बर्ष २०७९/८० अनुसार गत वर्ष ३३ के.भि.को विद्युत प्रसारण लाईन ३८६ कि.मि.रहेकोमा समीक्षा वर्षमा ४६८ कि.मि. पुगेको छ भने ११ के.भि.को विद्युत प्रसारण लाईन गत वर्ष २,३८७ कि.मि.रहेकोमा समीक्षा वर्षमा वृद्धि भई ३ हजार ७४ कि.मि. पुगेको छ ।

    त्यसैगरी एल.भि.को विद्युत प्रसारण लाईन गत वर्ष ५ हजार १४० कि.मि.थियो भने समीक्षा वर्षमा वृद्धि भई ७ हजार २३८ कि.मि पुगेको छ । समग्रमा समीक्षा वर्षमा विद्युत प्रसारण लाईन १० हजार ७८० कि.मि.पुगेको छ भने गत वर्ष यस्तो प्रसारण लाईन ७ हजार ९१३ कि.मि.रहेको थियो । गत वर्ष यस प्रदेशको कुल सबस्टेशन क्षमता ४९.५ एम.भि.ए रहेकोमा समीक्षा वर्षमा वृद्धि भई ५४.५ एम.भि.ए पुगेको छ । आ.व. २०७९/८० सम्ममा यस प्रदेशमा १८.५४ मे.वा. बिद्युत उत्पादन भएको छ । 

    यस प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा नरहेतापनि दैलेख जिल्लामा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै कालिकोट जिल्लामा १६ मेगावाट क्षमताको रुरुबन्चु खोला (पहिलो), १२ मेगावाट क्षमताको रुरुबन्चु खोला (दोश्रो), ४४० मेगावाट क्षमतको तिला (पहिलो), ४२० मेगावाट क्षमतको तिला (दोश्रो) जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ ।

    त्यसैगरी, खत्याड खोला जलविद्युत आयोजना (०.५० मे.वा.) मुगु, सिमरुतु खोला जलविद्युत आयोजना (०.२० मे.वा.) रुकुम पश्चिम, सानी भेरी जलविद्युत आयोजना (०.३० मे.वा.) रुकुम पश्चिम, आँखे खोला जलविद्युत आयोजना (०.७५ मे.वा.) डोल्पा, चुकेनी खोला जलविद्युत आयोजना (०.९९ मे.वा.) जुम्ला, जल्दी गाड जलविद्युत आयोजना (२१ मे.वा.) रुकुम पश्चिम, स्यार्पु जलविद्युत आयोजना (३.३ मे.वा.) रुकुम पश्चिम, सौर्य ऊर्जा आयोजना (०.९९ मे.वा.) जुम्ला, सौर्य ऊर्जा आयोजना (०.३० मे.वा.) मुगु, सौर्य ऊर्जा आयोजना (०.६२ मे.वा.) डोल्पा, र सौर्य ऊर्जा आयोजना (१
    मे.वा.) हुम्लामा गरी जम्मा १७ ओटा आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

    आर्थिक बर्ष २०७९/८० सम्ममा यस प्रदेशमा आयोजना निर्माण अनुमतीको लागि ९ ओटा आयोजनाहरुको निवेदन परेका छन्भने आयोजना अध्ययनको लागि ६ ओटा आयोजनाहरुको निवेदन परेका छन् ।

    कूल विद्यूत उत्पादन (मेगावाट) 

    1.JPG

    कर्णाली प्रदेशका महत्वपुर्ण जलविद्यूत आयोजनाहरु

    – माथिल्लो कर्णाली जलविद्युत आयोजना

    माथिल्लो कर्णाली जलविद्युत आयोजना कर्णाली नदीमा प्रस्तावित रन अफ द रिभर जलविद्युत आयोजना हो । यो आयोजना दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. १ सात्तलाको डाब र अछाम जिल्लाको केहि भाग समेत पर्दछ । यो आयोजनाको विद्युत उत्पादन क्षमता ९०० मेगावाट रहेको छ । यो आयोजना निर्माण गर्ने जिम्मा नेपाल सरकारले भारतिय कम्पनी जिएमआर लाई दिएको छ । यस आयोजनाबाट उत्पादन हुने अधिकांश बिजुली बंगलादेश (५०० मेगावाट) र भारत (२९२ मेगावाट) दुवैतर्फ ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत निर्यात गर्ने तय गरिएको छ बाँकी रहेको कुल विद्युतको १०८ मेगावाट नेपाल सरकारले प्राप्त गर्ने छ ।

    १९९० मा पहिलो पटक सानो स्केल २४० मेगावाट सुविधाको रूपमा योजना गरिएकोमा हालको ९०० मेगावाट डिजाइन २००८ मा स्वीकृत भएको थियो । लामो समय देखि यो आयोजनाको कार्य गर्ने भनिए पनि उत्पादनको जिम्मा पाएको कम्पनीले कार्य गर्न नसकी पटकपटक म्याद थपिदै आएको छ । नेपालको ठुलो आयोजना मध्येको यस आयोजना समयमै सम्पन्न भएका देशमा आवश्यक विद्युतको परिपूर्ति हुनुको साथै ठुलो मात्रामा विद्युत निर्यातको सम्भावना रहेको छ । भारत र बंगलादेशमा विद्युत आपूर्ति हुने निर्यातमुखी आयोजना भएकोले समयममै विद्युत उत्पादन गर्न सके यसले नेपालको विकासको लागि बहुआयामिक महत्व राख्दछ ।

    – बेतन कर्णाली जलविद्युत आयोजना

    ४३९ मेगावाट विद्युत क्षमताको बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना हो । जुन कर्णाली प्रदेश सर्खेत जिल्लाको चौकुनेगाउँपालिका वडा न.४, ५, ६ र पञ्चपुरी नगरपालिका वडा न. ७ साथै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिको वडा नं. ६, ७ र तुर्माखाद गाउँपालिकाका वडा न. ३, ४ र ५ को क्षेत्र भित्र अवस्थित छ । 

    जलविद्युतको उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ । साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने देखिन्छ । यो आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ । 

    – फुकोट कर्णाली जलविद्युत आयोजना

    प्रधानमन्त्रीको भारत भ्रमणमा फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना भारतीय सरकारी कम्पनीले लगानी गर्ने सम्झौता भएको छ । यस आयोजनाको विद्युत उत्पादन क्षमता ४८० मेगावाट रहेको छ । नेपालको तर्फबाट विद्युत उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाएर यस आयोजनाको विकास गर्ने गरी सम्झौता भएको छ । 

    एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ । जलविद्युतको राष्ट्रिय उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ । 

    साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने छन् । यो आयोजना निर्माण भई सञ्चालन भएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

    पूर्वाधार क्षेत्रका चूनौती र सम्भावना

    पूर्वाधार क्षेत्रको चुनौती

    – यस प्रदेशमा सिँचाईमा नयाँ प्रविधिको प्रयोग गर्नु, ठुला सिँचाई आयोजना संचालन गर्नका लागि आवश्यक लगानी जुटाउनु

    – संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गरी सडक मार्ग बिस्तार, जलविद्युत उत्पादन तथा प्रसारण र विमानस्थल लगायतका पूर्वाधारको विकास गर्नु 

    – यस प्रदेशका सबै जिल्लाहरुमा प्रदेश राजधानी सुर्खेतबाट सहज, सुलभ तथा स्तरीय सडक र हवाई सञ्जालको विकास गर्नु 

    – यस प्रदेशमा रहेका जलाधारहरुको अधिकतम उपयोग गरी विद्युत उत्पादन, प्रसारण तथा वितरण कार्य अगाडि बढाउनु 

    – भौगोलिक रुपमा अति विकट यस प्रदेशमा प्राकृतिक प्रकोपको कारण (बाढी, पहिरो) पूर्वाधार निर्माण कार्य ढिलाई हुनुको साथै अनुमानित लागतको तुलनामा यथार्थ खर्च उल्लेख्य रुपमा बढी हुनु

    पूर्वाधार क्षेत्रको सम्भावना

    – यस प्रदेशमा कर्णाली, भेरी लगायतका ठूला नदीहरु रहेकाले प्रचुर मात्रामा जलविद्युत उत्पादनका साथै सिँचाई सुविधाको बिस्तार गर्न सकिने सम्भावना उच्च रहेको 

    – कठिन भू–बनोटले सडक बिस्तारको सम्भावना कम भएका क्षेत्रमा सुरुङ्ग मार्ग, केबलकारको प्रयोगको सम्भावना रहेको 

    – यस प्रदेशमा प्राकृतिक सुन्दरताले भरिपूर्ण भौगोलिक बनावट तथा रारा, शे–फोक्सुण्डो लगायतका अनुपम प्राकृतिक सम्पदा रहेकोले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना उच्च रहेको 

    – कर्णाली तथा भेरी जस्ता ठूला नदी रहेको यस प्रदेशमा जलयातायातको सम्भावना रहेको 

    – प्रदेशभित्र बनपैदावर तथा जडिबुटीजन्य वस्तुहरुको उत्पादनको प्रचूर सम्भावना भएकोले त्यस्ता वस्तुहरुलाई प्रशोधन गरी औषधिजन्य वस्तुको रुपमा उत्पादन तथा बिक्री वितरण गर्न सकिने अवसर रहेको 

    – यस प्रदेशको मेरुदण्डको रुपमा रहेका सुर्खेतको छिन्चुदेखि उपल्लो डोल्पा जाने भेरी करिडोर, वीरेन्द्रनगरबाट हुम्लाको हिल्सासम्मको कर्णाली करिडोर र कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेरिघाट–जुम्लाको खलङ्गा–मुगुको नाक्चेलाग्ना खण्ड समेत गुणस्तरीय निर्माण तथा स्तरोन्नति हुन सकेमा शे–फोक्सुण्डो ताल, रारा ताल र लिमीबाट कैलाश मानसरोवर दर्शनका लागी लाखौँ पर्यटक आकर्षित भई कर्णालीबासीका लागि रोजगारी सिर्जना हुने र यसबाट प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने सम्भावना रहेको । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार